गायक भक्तराज आचार्यका बारेमा फ़िल्म बन्ने

काठमाडौं, २०६६ कार्तिक २९ -
'जति चोट दिन्छौ देऊ मायालु...', 'मुटु जलिरहेछ...' जस्ता दर्जनौं कालजयी गीतका गायक भक्तराज आचार्य अचेल सार्वजनिक जीवनभन्दा बाहिर छन् । शारीरिक अस्वस्थताले प्रायः घरमै सीमित रहँदै आएका यी भजनशिरोमणिबारे अब फिल्म बन्ने भएको छ । 'आचार्य' नाम रहने उक्त फिल्म सिक्किमको सिल्क रुट पिक्चर्सले बनाउन लागेको हो, जसमा भक्तराजको जीवनकहानी समेटिनेछ ।
'एउटा गायकका लागि जिब्रोको क्यान्सर हुनु र पछि जिब्रो नै काट्नुपर्ने स्थिति आउनु जति पीडादायक कुरा अरू के होला ?' आफ्ना बुबाले झेलिरहेको दर्दनाक अवस्थाबारे गायक छोरा सत्यराजले भने, 'उहाँले संगीतमा गरेको संघर्ष, पाएको सफलता र अहिले भोगिरहेको स्थिति छर्लङ्ग हुने गरी फिल्म बनाउन लागिएको हो ।' आउँदो डिसेम्बर पहिलो साता छायांकन सुरु हुने 'आचार्य' मा भक्तराजको भूमिकामा सत्यराज नै प्रस्तुत हुनेछन् । निर्देशन प्रशान्त रसाइलीले गर्नेछन् ।
१९९९ मा धनकुटामा जन्मेर डेढ वर्षको हुँदा परिवारसँगै पश्चिम बंगालको डुवर्स बसाइँ गएका भक्तराज २०३० मा मात्रै काठमाडौं फर्केका थिए ।
'त्यही भएर फिल्मको सुटिङ डुवर्स, सिक्किमलगायतका भारतीय ठाउँमा गर्ने पक्का भइसकेको छ,' सत्यराजले भने ।
सिक्किमकै रोशन राई निर्माता रहने 'आचार्य' का आधा कलाकार सिक्किममै अडिसनमार्फत छनोट गरिसकिएको छ । बाँकी काठमाडौंमा छानिनेछन् । भक्तराजकी पत्नी सुशीलाको भूमिकामा गुरुकुलकी रंगकर्मी अरुणा कार्की देखिनेछिन् । फिल्मका सबैजसो गीत भक्तराजकै हुनेछन् ।
तपाई को प्रतिक्रिया आनिवार्य छ ।

Comments

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...