फत्तेमान राजभण्डारी
 
फत्तेमान राजभण्डारी अनी संगीत फत्तेमान  राजभण्डारीको  जन्म  १९९३  साल  मङ्सिर  पूणिर्माको  दिनमा  पशुपति ,  देवपत्तनमा  भएको  हो  ।  पिता  जीतमान  राजभण्डारी  र  आमा  पूर्णमाया  भण्डारीका   तेस्रो  सन्तान  को  रुप  मा  गायक  को  जन्म  भएको  हो  । फत्तेमान  को  बुबा  अमालकोट  कचहरी - पशुपतिनाथको  जग्गाजमिन  रेखदेख  गर्ने  र  पर्व   चलाउने  कार्यालय ) को  हाकिम  द्वारे  हुनुहुन्थ्यो  ।  पशुपतिनाथका   राजभण्डारीले  पशुपतिनाथमा  भण्डारेको  रूपमा  रहेर  काम  गर्नुपर्छ  ।  यसरी   भण्डारेको  रूपमा  काम  गर्ने  राजभण्डारीहरू  चार  खलक  छन्  ।  यी  चार  खलकमध्ये   उहाको  परिवार  पनि  एक  हो  । पशुपतिको  भण्डारे  भएका  नाताले  उहाँको  परिवारमा  व्रतबन्ध  गर्दा  व्रतबन्ध   गर्नुअघि  सुपारी  र  दाम  राखेर  राजाकहाँ  विन्ती  गर्नुपर्ने  चलन  थियो  ।  सोही   चलनअनुसार  नौ  वर्षको  उमेरमा  उहाँको  पनि  व्रतबन्ध  गर्नका  लागि  सुपारी  र  दाम   राखेर  राजाकहाँ  विन्ती  गरियो  । राजाबाट  व्रतबन्ध  गर्नका  लागि  हुकुम   भएपछि  उहाँलाई  चार  दिन  पशुपतिको  भण्डारमा  लगेर  राखियो  ।  भण्डारभित्र  बसेपछि   ...
 
 
 
 
 
