कमल जैनको सपना पूरा भयो .
 
सपना  पूरा  भयो व्यापारी  कमल जैनको एकल लगानीमा निर्माण गरिएको चित्तपोल-५ कैलाशकुट  डाँडाको १ सय ४३ फिट अग्लो शिवको मूर्ति प्राण प्रतिष्ठापन भएपछि   सर्वसाधारणका लागि खुला भएको छ । कम्तीमा सय जना नेपाली र भारतको दक्ष  कलिगड दिनरात खटेर ६ वर्षमा यो मूर्ति तयार गरेको जैनले  जानकारी दिए ।   निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, डन्डी आदि निर्माण सामग्री प्रयोग  भएको उनले बताए । 'निर्माण सामग्री कति लाग्यो त्यसको कुनै हिसाब छैन,'  जैनले  भने ।  उभिएको  मूर्तिको  फाउन्डेसनको  कार्य  सम्पन्न  गर्न  मात्र  दुई  वर्ष  लागेको   थियो  ।  मूर्ति  बाहिरी  रंग  सामान्य  जस्तो  देखिए  पनि  घाम  र  पानीबाट  बचाउन   जिङक   कोडेट  गरेपछि  तामालाई  स्प्रे  गरेर  लगाइएको  छ  ।  रंग  लगाउन  मात्र  ६   हजार  केजी  तामा   र  जिंक  लागेको  जैन  हिलटेक  ट्यांकीका  मालिक  जैनले  जानकारी   दिए  ।   ७५  रोपनीभन्दा  बढी  क्षेत्रफलमा  निर्माण  भएको  यो  मूर्तिलाई  भूकम्प  र   हावाबाट  हुन  सक्ने  क्षति  रोक्न  नेपाल  र  भारतका  दक्ष  इन्जिनियरहरूले  विशेष   सावधानीका   साथ  निर्माण  गराएका  छन्  । ' म ...