Posts

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)

Image
२४ मंसिर, काठमाण्डौ । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइरहेका रेग्मीको सोमवार विहान निधन भएको हो । करिब पौने ६ बजे निधन भएका निर्देशक शिव रेग्मीको पार्थिव शरीरलाई चितवन लगिएको छ । उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर उनकै गृहजिल्ला चितवन लगिएको हो । बयोधा अस्पतालमा केही दिन देखि उनको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।  चलचित्र आफन्तबाट नेपाली सिने नगरीमा निर्देशकको रुपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश चलचित्रले सुपरहिटको व्यापार गरेका छन् । नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका चलचित्रको निर्देशन गरेका थिए ।  उनले बनाएको दुई चलचित्र मनले मनलाई छुन्छ र पराई प्रदर्शनका लागि तयार भएका छन् । शिव रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरुको बाक्लो  भिड बयोधा अस्पतालमा लागेको थियो । वि.सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीले नाटकबा...

राई इज किङको यात्रा : राजेश पायल राई

Image
राई इज किङको यात्रा : राजेश पायल राई साप्ताहिकको प्रस्तुतिमा पछिल्लो समयमा गीतिसंग्रह 'राई इज किङ' श्रोतामाझ ल्याएका गायक राजेश पायल राई यतिखेर सांगीतिक यात्रामा व्यस्त छन् । आधुनिक गायनमा मात्र होइन, पाश्र्वगायनमा समेत नम्बर एक गायकको स्थान बनाउन सफल गायक राईले यो गीतिसंग्रहलाई जीवनकै महत्त्वपूर्ण गीतिसंग्रह बताएका छन् । साप्ताहिकको प्रस्तुतिमै गत वर्ष दर्शन नमस्ते गीतिसंग्रह ल्याएका गायक राईले त्यसबेला साप्ताहिकले जुराइदिएको नाम 'राई इज किङ' उपनामलाई नै आधार बनाएर यो गीतिसंग्रह तयार पारेका हुन् । गायक राईले डेढ दशक लामो गायन यात्राका क्रममा लाखौं नेपाली श्रोताको मन जितेका छन् । 'फैलियो माया दूबोसरि' लोकप्रिय भएपछि राजेशले ०५२ सालमा पहिलो गीतिसंग्रह 'मुच्र्छना' सार्वजनिक गरेका थिए, जसमा फैलियो माया दूबोसरिका अतिरिक्त नमाग मसँग सहारा नमाग तथा बलेसीमा पानी तप्कियो गीत श्रोताको मुखमा झुन्डिएको थियो । उक्त गीतिसंग्रहलाई श्रोताहरूले रुचाइदिएपछि राजेशले गायन करियरमा पछाडि फर्केर हेर्नुपरेन । 'त्यो संग्रहका गीत सुन्नेहरू अहिलेसम्म पनि राजेश पायल राईल...

युवक र यौन : ओशो

Image
युवक र यौन : ओशो जब यौनको कुरा आउँछ, मलाई समाजको दोहोरो चरित्रको सम्झना हुन्छ । साँचो अर्थमा भन्नुपर्दा हाम्रो समाज पाखण्डीहरूको समाज हो । हामी भन्छौ, यौन भनेको छाडा हो । यसको कुरा गर्नुहुँदैन । आमा आफ्नी छोरीका अघि यौनका कुरा गर्न सक्दिन, कारण हामीलाई भनिएको छ, यौन घोर अपराधिक कुरा हो । बुबा छोराका अघि यौनको कुरा गर्न सक्दैन । भनिएको छ, यो पाप हो । जसले कुरा गर्छ, त्यो अशीष्ट हो, लाज पचेको हो । तर बाहिर कुरा नगरेर के भो ? मानिसले आफैंलाई कसरी दबाउन सक्छ ? व्यक्ति आफै यौनका कुरा सोचिरहेको हुन्छ । म भन्छु, यौन त्यति महत्त्वपूर्ण होइन, जति कुरा गर्नुहुँदैन भनेर यसलाई महत्त्व दिइएको छ । यदि तपाईं कलेज पढ्नुहुन्छ र कुनै एउटा ढो कामा तपाईंले लेखिदिनुभयो, 'यहाँ चियाउन मनाही छ' सबै त्यहीँ चियाउन थाल्छन् । कक्षामा जतिसुकै राम्रो कुरा पढाइएको किन नहोस्, त्यो यहाँ चियाउनु हुँदैन लेखिएको कोठामा सबैको ध्यान जान्छ । यहाँ युवक र युवतीमा के फरक हुन्छ ? युवकहरू अलि बढी जोड दिएर चियाउँछन्, युवतीहरू थाहा नपाएझैं कर्के आँखा लगाउँछन् । दुवैमा उस्तै जिज्ञासा छ, आखिर ढोकामा किन लेखियो ? किन चिया...

फत्तेमान राजभण्डारी

Image
फत्तेमान राजभण्डारी अनी संगीत फत्तेमान राजभण्डारीको जन्म १९९३ साल मङ्सिर पूणिर्माको दिनमा पशुपति , देवपत्तनमा भएको हो । पिता जीतमान राजभण्डारी र आमा पूर्णमाया भण्डारीका तेस्रो सन्तान को रुप मा गायक को जन्म भएको हो । फत्तेमान को बुबा अमालकोट कचहरी - पशुपतिनाथको जग्गाजमिन रेखदेख गर्ने र पर्व चलाउने कार्यालय ) को हाकिम द्वारे हुनुहुन्थ्यो । पशुपतिनाथका राजभण्डारीले पशुपतिनाथमा भण्डारेको रूपमा रहेर काम गर्नुपर्छ । यसरी भण्डारेको रूपमा काम गर्ने राजभण्डारीहरू चार खलक छन् । यी चार खलकमध्ये उहाको परिवार पनि एक हो । पशुपतिको भण्डारे भएका नाताले उहाँको परिवारमा व्रतबन्ध गर्दा व्रतबन्ध गर्नुअघि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । सोही चलनअनुसार नौ वर्षको उमेरमा उहाँको पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गरियो । राजाबाट व्रतबन्ध गर्नका लागि हुकुम भएपछि उहाँलाई चार दिन पशुपतिको भण्डारमा लगेर राखियो । भण्डारभित्र बसेपछि ...

भजनशिरोमणि भक्तराज आचार्य

Image
बाल्यकाल : भ जनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्य को कोख बाट जन्म लिनुभएको थियो । भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमानै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो । त्यस पछि गाउँमा महामारी फैलिएपछि आमा रेनुका आचार्यसँग भक्तराज आचार्यपनि भारतको सिक्किम जानु भयो । सिक्किम गएर पनि सानै देखी सङ्गीतमा रुची राख्ने भक्तराज आचार्यलाई सङ्गीतको मोहले छाडेको थिएन । अझ पछि आफ्नो आमाले पनि कामगर्न नसक्ने अवस्था आएपछि परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमा पारिवारिक जिम्मेवारी पनि सम्हाल्नु परेको थियो । त्यसैले उहाँको बाल्यकालको समय त्यति सुखद रुपमा बित्न सकेन । वेस्ट बंगालको डुवर्समा पनि भक्तराज आचार्यको बसाई त्यति सहज थिएन । सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतिभा देखाउन पछी नपर्ने भक्तराजको बाल्यकाल र युवा अवस्थाका केही क्षणहरु पनि त्यतै बिते । भारत बसाईको क्रममा भक्तराजले ई...

कमल जैनको सपना पूरा भयो .

Image
सपना पूरा भयो व्यापारी कमल जैनको एकल लगानीमा निर्माण गरिएको चित्तपोल-५ कैलाशकुट डाँडाको १ सय ४३ फिट अग्लो शिवको मूर्ति प्राण प्रतिष्ठापन भएपछि सर्वसाधारणका लागि खुला भएको छ । कम्तीमा सय जना नेपाली र भारतको दक्ष कलिगड दिनरात खटेर ६ वर्षमा यो मूर्ति तयार गरेको जैनले जानकारी दिए । निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, डन्डी आदि निर्माण सामग्री प्रयोग भएको उनले बताए । 'निर्माण सामग्री कति लाग्यो त्यसको कुनै हिसाब छैन,' जैनले भने । उभिएको मूर्तिको फाउन्डेसनको कार्य सम्पन्न गर्न मात्र दुई वर्ष लागेको थियो । मूर्ति बाहिरी रंग सामान्य जस्तो देखिए पनि घाम र पानीबाट बचाउन जिङक कोडेट गरेपछि तामालाई स्प्रे गरेर लगाइएको छ । रंग लगाउन मात्र ६ हजार केजी तामा र जिंक लागेको जैन हिलटेक ट्यांकीका मालिक जैनले जानकारी दिए । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यो मूर्तिलाई भूकम्प र हावाबाट हुन सक्ने क्षति रोक्न नेपाल र भारतका दक्ष इन्जिनियरहरूले विशेष सावधानीका साथ निर्माण गराएका छन् । ' म ...

About Drama & Theatre.

Image
Drama What is drama? And how do you write about it? Drama is tension. In the context of a play in a theatre, tension often means that the audience is expecting something to happen between the characters on stage. Will they shoot each other? Will they finally confess their undying love for one another? Will Oedipus figure out that he was the one that caused the plague by killing his father and sleeping with his mother? For instructors in academic departments, whether the classes are about theatrical literature, theater history, performance studies, acting, or technical aspects of a production, writing about drama often means finding reasons why and how the plays we watch are filled with tension and excitement. Of course, one particular production may not be as exciting as it's supposed to be. In fact, it may not be exciting at all. Writing about drama can also involve figuring out why and how a production went horribly, horribly wrong. Two of our other hand...