राजेशलाई छोपाछोप
शिव शर्मा, कास्की २०६६ कार्तिक २९

चलचित्र 'सिलसिला' को 'सागरसरि चोखो माया...' गीतका लागि उनले श्रोताको एकोहारो वान्स मोर पाइरहे । उनले त्यो गीत तीनचोटि सुनाउनुपर्यो । वर्षकै सर्वाधिक हिट यो फिल्मी गीतले युवादेखि पाकासम्मलाई हल्लाएको थियो ।
'बैगुनी रैछौ मायालु...' मा पनि उनले उत्तिकै वाहवाही पाए । 'नौला जाले मायाले...' र पछिल्ल्ाो एल्बम 'दर्शन नमस्ते' को शीर्ष गीतले पनि श्रोताहरूको स्याबासी पाए । कार्यक्रम सुरु भएदेखि नसकिउन्जेल फ्यानद्वारा घेरिएका गायकसँग तस्बिर खिचाउने र अटोग्राफ लिनेहरूबीच पनि त्यत्तिकै हानथाप देखियो । राजेशसँग क्यामेरामा कैद हुन 'जति माया लाए पनि...,' 'तगारोमा रुमाल राखी...' जस्ता कर्णपि्रय गीतका रचनाकार विनोद गौचन -तस्बिरमा) पनि पछि परेनन् ।
'भेट भएको मौका किन त्यत्तिकै उम्किन दिनु ? आफू सफल भएपछि विनोद भन्दै थिए ।
प्रशंसकहरूले अटोग्राफ लिने र तस्बिर खिचाउने कुरा त भयो नै, हालै मात्र बेलायतबाट आएका गुरुङ चलचित्रका निर्माता केश गुरुङले पनि मौकामा चौका हान्न भ्याए । आफूले रचना गरेको गीतमा राजेशकै स्वर भर्ने योजना बुनिरहेका उनलाई 'ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो'।
'उनी यहाँ नभेटिएका भए काठमाडौं गएर रेकर्ड गराउनुपथ्र्यो,' पोखराको पुराना बार डिजिटल रेकर्डिङ स्टुडियोमा राजेशको स्वरमा आफ्नो गीत रेकर्ड गराइसकेपछि केशुले फुरुङ्ग हुँदै भने, 'समयको बचतसँगै खर्चको पनि कटौती भयो ।' अरू धेरैको यस्तै चाहना भने राजेशले समय अभावले पूरा गर्न सकेनन्।
एफएम, टेलिभिजन र स्थानीय वेबसाइटले अन्तरवार्ताका लागि घेरेपछि राजेशले बसाइ पनि लम्ब्याए । उनले सैलुन उद्घाटन पनि गरे।
प्रशंसकहरूले जति घेरे पनि युवा पुस्ताका चल्तीका गायकले भने कुनै बोर अनुभव गरेनन् । 'श्रोताहरूको यस्तै मायाले त म अहिलेसम्म टिकिरहेको छु नि,' उनले भने ।
माधव पाण्डेय, काठमांडू
Comments
Post a Comment