Posts

Showing posts from August, 2010

कमल जैनको सपना पूरा भयो .

Image
सपना पूरा भयो व्यापारी कमल जैनको एकल लगानीमा निर्माण गरिएको चित्तपोल-५ कैलाशकुट डाँडाको १ सय ४३ फिट अग्लो शिवको मूर्ति प्राण प्रतिष्ठापन भएपछि सर्वसाधारणका लागि खुला भएको छ । कम्तीमा सय जना नेपाली र भारतको दक्ष कलिगड दिनरात खटेर ६ वर्षमा यो मूर्ति तयार गरेको जैनले जानकारी दिए । निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, डन्डी आदि निर्माण सामग्री प्रयोग भएको उनले बताए । 'निर्माण सामग्री कति लाग्यो त्यसको कुनै हिसाब छैन,' जैनले भने । उभिएको मूर्तिको फाउन्डेसनको कार्य सम्पन्न गर्न मात्र दुई वर्ष लागेको थियो । मूर्ति बाहिरी रंग सामान्य जस्तो देखिए पनि घाम र पानीबाट बचाउन जिङक कोडेट गरेपछि तामालाई स्प्रे गरेर लगाइएको छ । रंग लगाउन मात्र ६ हजार केजी तामा र जिंक लागेको जैन हिलटेक ट्यांकीका मालिक जैनले जानकारी दिए । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यो मूर्तिलाई भूकम्प र हावाबाट हुन सक्ने क्षति रोक्न नेपाल र भारतका दक्ष इन्जिनियरहरूले विशेष सावधानीका साथ निर्माण गराएका छन् । ' म