Posts

Showing posts from 2011

राई इज किङको यात्रा : राजेश पायल राई

Image
राई इज किङको यात्रा : राजेश पायल राई साप्ताहिकको प्रस्तुतिमा पछिल्लो समयमा गीतिसंग्रह 'राई इज किङ' श्रोतामाझ ल्याएका गायक राजेश पायल राई यतिखेर सांगीतिक यात्रामा व्यस्त छन् । आधुनिक गायनमा मात्र होइन, पाश्र्वगायनमा समेत नम्बर एक गायकको स्थान बनाउन सफल गायक राईले यो गीतिसंग्रहलाई जीवनकै महत्त्वपूर्ण गीतिसंग्रह बताएका छन् । साप्ताहिकको प्रस्तुतिमै गत वर्ष दर्शन नमस्ते गीतिसंग्रह ल्याएका गायक राईले त्यसबेला साप्ताहिकले जुराइदिएको नाम 'राई इज किङ' उपनामलाई नै आधार बनाएर यो गीतिसंग्रह तयार पारेका हुन् । गायक राईले डेढ दशक लामो गायन यात्राका क्रममा लाखौं नेपाली श्रोताको मन जितेका छन् । 'फैलियो माया दूबोसरि' लोकप्रिय भएपछि राजेशले ०५२ सालमा पहिलो गीतिसंग्रह 'मुच्र्छना' सार्वजनिक गरेका थिए, जसमा फैलियो माया दूबोसरिका अतिरिक्त नमाग मसँग सहारा नमाग तथा बलेसीमा पानी तप्कियो गीत श्रोताको मुखमा झुन्डिएको थियो । उक्त गीतिसंग्रहलाई श्रोताहरूले रुचाइदिएपछि राजेशले गायन करियरमा पछाडि फर्केर हेर्नुपरेन । 'त्यो संग्रहका गीत सुन्नेहरू अहिलेसम्म पनि राजेश पायल राईल

युवक र यौन : ओशो

Image
युवक र यौन : ओशो जब यौनको कुरा आउँछ, मलाई समाजको दोहोरो चरित्रको सम्झना हुन्छ । साँचो अर्थमा भन्नुपर्दा हाम्रो समाज पाखण्डीहरूको समाज हो । हामी भन्छौ, यौन भनेको छाडा हो । यसको कुरा गर्नुहुँदैन । आमा आफ्नी छोरीका अघि यौनका कुरा गर्न सक्दिन, कारण हामीलाई भनिएको छ, यौन घोर अपराधिक कुरा हो । बुबा छोराका अघि यौनको कुरा गर्न सक्दैन । भनिएको छ, यो पाप हो । जसले कुरा गर्छ, त्यो अशीष्ट हो, लाज पचेको हो । तर बाहिर कुरा नगरेर के भो ? मानिसले आफैंलाई कसरी दबाउन सक्छ ? व्यक्ति आफै यौनका कुरा सोचिरहेको हुन्छ । म भन्छु, यौन त्यति महत्त्वपूर्ण होइन, जति कुरा गर्नुहुँदैन भनेर यसलाई महत्त्व दिइएको छ । यदि तपाईं कलेज पढ्नुहुन्छ र कुनै एउटा ढो कामा तपाईंले लेखिदिनुभयो, 'यहाँ चियाउन मनाही छ' सबै त्यहीँ चियाउन थाल्छन् । कक्षामा जतिसुकै राम्रो कुरा पढाइएको किन नहोस्, त्यो यहाँ चियाउनु हुँदैन लेखिएको कोठामा सबैको ध्यान जान्छ । यहाँ युवक र युवतीमा के फरक हुन्छ ? युवकहरू अलि बढी जोड दिएर चियाउँछन्, युवतीहरू थाहा नपाएझैं कर्के आँखा लगाउँछन् । दुवैमा उस्तै जिज्ञासा छ, आखिर ढोकामा किन लेखियो ? किन चिया