Sunday, November 15, 2009

गजब छ बा !!!!!

ह्वाँले 'पक्राउ’ मात्र के भन्नुभाथ्यो,
मन्त्रीज्यूले 'पड्काउ’ सुन्नु भो क्यारे !
पड्काइ दिनुभो गालाँ ! उहा का कम
हुनुहुन्छ र मधेश को मंत्री पो ता !!!!!!!!!!!!!!!!!!!!

गायक भक्तराज आचार्यका बारेमा फ़िल्म बन्ने

काठमाडौं, २०६६ कार्तिक २९ -
'जति चोट दिन्छौ देऊ मायालु...', 'मुटु जलिरहेछ...' जस्ता दर्जनौं कालजयी गीतका गायक भक्तराज आचार्य अचेल सार्वजनिक जीवनभन्दा बाहिर छन् । शारीरिक अस्वस्थताले प्रायः घरमै सीमित रहँदै आएका यी भजनशिरोमणिबारे अब फिल्म बन्ने भएको छ । 'आचार्य' नाम रहने उक्त फिल्म सिक्किमको सिल्क रुट पिक्चर्सले बनाउन लागेको हो, जसमा भक्तराजको जीवनकहानी समेटिनेछ ।
'एउटा गायकका लागि जिब्रोको क्यान्सर हुनु र पछि जिब्रो नै काट्नुपर्ने स्थिति आउनु जति पीडादायक कुरा अरू के होला ?' आफ्ना बुबाले झेलिरहेको दर्दनाक अवस्थाबारे गायक छोरा सत्यराजले भने, 'उहाँले संगीतमा गरेको संघर्ष, पाएको सफलता र अहिले भोगिरहेको स्थिति छर्लङ्ग हुने गरी फिल्म बनाउन लागिएको हो ।' आउँदो डिसेम्बर पहिलो साता छायांकन सुरु हुने 'आचार्य' मा भक्तराजको भूमिकामा सत्यराज नै प्रस्तुत हुनेछन् । निर्देशन प्रशान्त रसाइलीले गर्नेछन् ।
१९९९ मा धनकुटामा जन्मेर डेढ वर्षको हुँदा परिवारसँगै पश्चिम बंगालको डुवर्स बसाइँ गएका भक्तराज २०३० मा मात्रै काठमाडौं फर्केका थिए ।
'त्यही भएर फिल्मको सुटिङ डुवर्स, सिक्किमलगायतका भारतीय ठाउँमा गर्ने पक्का भइसकेको छ,' सत्यराजले भने ।
सिक्किमकै रोशन राई निर्माता रहने 'आचार्य' का आधा कलाकार सिक्किममै अडिसनमार्फत छनोट गरिसकिएको छ । बाँकी काठमाडौंमा छानिनेछन् । भक्तराजकी पत्नी सुशीलाको भूमिकामा गुरुकुलकी रंगकर्मी अरुणा कार्की देखिनेछिन् । फिल्मका सबैजसो गीत भक्तराजकै हुनेछन् ।
तपाई को प्रतिक्रिया आनिवार्य छ ।

राजेशलाई छोपाछोप

शिव शर्मा, कास्की २०६६ कार्तिक २९
गायक राजेशपायल राईले फेवानगरीमा चैन पाएनन् । जनजाति सांस्कृतिक साँझका लागि शनिबार यहाँ आएका उनी प्रशंसकद्वारा घेरिए । कार्यक्रममा उनले नयाँ/पुराना चौध गीत सुनाएका थिए ।
चलचित्र 'सिलसिला' को 'सागरसरि चोखो माया...' गीतका लागि उनले श्रोताको एकोहारो वान्स मोर पाइरहे । उनले त्यो गीत तीनचोटि सुनाउनुपर्‍यो । वर्षकै सर्वाधिक हिट यो फिल्मी गीतले युवादेखि पाकासम्मलाई हल्लाएको थियो ।
'बैगुनी रैछौ मायालु...' मा पनि उनले उत्तिकै वाहवाही पाए । 'नौला जाले मायाले...' र पछिल्ल्ाो एल्बम 'दर्शन नमस्ते' को शीर्ष गीतले पनि श्रोताहरूको स्याबासी पाए । कार्यक्रम सुरु भएदेखि नसकिउन्जेल फ्यानद्वारा घेरिएका गायकसँग तस्बिर खिचाउने र अटोग्राफ लिनेहरूबीच पनि त्यत्तिकै हानथाप देखियो । राजेशसँग क्यामेरामा कैद हुन 'जति माया लाए पनि...,' 'तगारोमा रुमाल राखी...' जस्ता कर्णपि्रय गीतका रचनाकार विनोद गौचन -तस्बिरमा) पनि पछि परेनन् ।
'भेट भएको मौका किन त्यत्तिकै उम्किन दिनु ? आफू सफल भएपछि विनोद भन्दै थिए ।
प्रशंसकहरूले अटोग्राफ लिने र तस्बिर खिचाउने कुरा त भयो नै, हालै मात्र बेलायतबाट आएका गुरुङ चलचित्रका निर्माता केश गुरुङले पनि मौकामा चौका हान्न भ्याए । आफूले रचना गरेको गीतमा राजेशकै स्वर भर्ने योजना बुनिरहेका उनलाई 'ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो'।
'उनी यहाँ नभेटिएका भए काठमाडौं गएर रेकर्ड गराउनुपथ्र्यो,' पोखराको पुराना बार डिजिटल रेकर्डिङ स्टुडियोमा राजेशको स्वरमा आफ्नो गीत रेकर्ड गराइसकेपछि केशुले फुरुङ्ग हुँदै भने, 'समयको बचतसँगै खर्चको पनि कटौती भयो ।' अरू धेरैको यस्तै चाहना भने राजेशले समय अभावले पूरा गर्न सकेनन्।
एफएम, टेलिभिजन र स्थानीय वेबसाइटले अन्तरवार्ताका लागि घेरेपछि राजेशले बसाइ पनि लम्ब्याए । उनले सैलुन उद्घाटन पनि गरे।
प्रशंसकहरूले जति घेरे पनि युवा पुस्ताका चल्तीका गायकले भने कुनै बोर अनुभव गरेनन् । 'श्रोताहरूको यस्तै मायाले त म अहिलेसम्म टिकिरहेको छु नि,' उनले भने ।
माधव पाण्डेय, काठमांडू