Posts

Showing posts from February 4, 2010

सङ्गीतमा समर्पित सुरेश

Image
आऊ मेरा प्यारा-प्यारा भाइबहिनीहरू रेडियोनजिक आऊ, लौ त सुरु गरौँ आजको बाल कार्यक्रम ...' हालैको एक बिहान रेडियो नेपालबाट गुञ्जिने यी शब्दहरूलाई सम्झि सङ्गीतकार सुरेश अधिकारीले । बासुदेव मुनालका यी शब्दहरू मुख्य प्रेरणाका स्रोत हुन् रे सङ्गीतकार अधिकारीका लागि । 'त्यतिबेला रेडियो नेपाल सञ्चारको एक मात्र सशक्त माध्यम थियो । हामी स्कुलका गुरुहरूभन्दा रेडियोसँग बढी रमाउँथ्यौ,' सुरेशले आफ्नो विगत खोतले । २०३८ सालमा र्सवप्रथम रेडियो नेपालको बाल कार्यक्रममा प्रथम स्थान हात पारेका अधिकारीले अहिलेसम्म सङ्गीतको कुनै औपचारिक शिक्षा लिएका छैनन् । रेडियो नेपालको पुरस्कार नै उनका लागि सङ्गीत क्षेत्रमा प्रवेशको बाटो बन्यो । काभ्रे, कुशादेवी-३ मा जन्मिएका अधिकारीले एसएलसीसम्मको शिक्षा स्थानीय कुशादेवी उच्च माविबाट गरे । सङ्गीतमा रुचि भए पनि उनले काठमाडौँ ल क्याम्पसबाट कानुनमा स्नातक गरे । त्यो औपचारिक शिक्षाले उनको करियरलाई खासै सहयोग गरेन जति उनलाई रेडियो नेपालमा निरन्तर धाउनाले गरेको छ । 'युनिक म्युजिक कर्न्र्सन भन्ने एउटा एजेन्सीमा २०४४ सालतिर गायकका लागि विज्ञापन मागेको थियो । म प