Posts

Showing posts from September 26, 2010

फत्तेमान राजभण्डारी

Image
फत्तेमान राजभण्डारी अनी संगीत फत्तेमान राजभण्डारीको जन्म १९९३ साल मङ्सिर पूणिर्माको दिनमा पशुपति , देवपत्तनमा भएको हो । पिता जीतमान राजभण्डारी र आमा पूर्णमाया भण्डारीका तेस्रो सन्तान को रुप मा गायक को जन्म भएको हो । फत्तेमान को बुबा अमालकोट कचहरी - पशुपतिनाथको जग्गाजमिन रेखदेख गर्ने र पर्व चलाउने कार्यालय ) को हाकिम द्वारे हुनुहुन्थ्यो । पशुपतिनाथका राजभण्डारीले पशुपतिनाथमा भण्डारेको रूपमा रहेर काम गर्नुपर्छ । यसरी भण्डारेको रूपमा काम गर्ने राजभण्डारीहरू चार खलक छन् । यी चार खलकमध्ये उहाको परिवार पनि एक हो । पशुपतिको भण्डारे भएका नाताले उहाँको परिवारमा व्रतबन्ध गर्दा व्रतबन्ध गर्नुअघि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । सोही चलनअनुसार नौ वर्षको उमेरमा उहाँको पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गरियो । राजाबाट व्रतबन्ध गर्नका लागि हुकुम भएपछि उहाँलाई चार दिन पशुपतिको भण्डारमा लगेर राखियो । भण्डारभित्र बसेपछि

भजनशिरोमणि भक्तराज आचार्य

Image
बाल्यकाल : भ जनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्य को कोख बाट जन्म लिनुभएको थियो । भक्तराज आचार्यले जन्मेको साढे एक वर्षमानै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेको थियो । त्यस पछि गाउँमा महामारी फैलिएपछि आमा रेनुका आचार्यसँग भक्तराज आचार्यपनि भारतको सिक्किम जानु भयो । सिक्किम गएर पनि सानै देखी सङ्गीतमा रुची राख्ने भक्तराज आचार्यलाई सङ्गीतको मोहले छाडेको थिएन । अझ पछि आफ्नो आमाले पनि कामगर्न नसक्ने अवस्था आएपछि परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमा पारिवारिक जिम्मेवारी पनि सम्हाल्नु परेको थियो । त्यसैले उहाँको बाल्यकालको समय त्यति सुखद रुपमा बित्न सकेन । वेस्ट बंगालको डुवर्समा पनि भक्तराज आचार्यको बसाई त्यति सहज थिएन । सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतिभा देखाउन पछी नपर्ने भक्तराजको बाल्यकाल र युवा अवस्थाका केही क्षणहरु पनि त्यतै बिते । भारत बसाईको क्रममा भक्तराजले ई