भजनशिरोमणि भक्तराज आचार्य

बाल्यकाल:
जनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामाआमा रेनुका आचार्य बुबा बलभद्र आचार्य को कोख बाटजन्म लिनुभएको थियो भक्तराज आचार्यले जन्मेको साढेएक वर्षमानै आफ्नो बुबाको माया बाट बाञ्चित हुनु परेकोथियो त्यस पछि गाउँमा महामारी फैलिएपछि आमा रेनुकाआचार्यसँग भक्तराज आचार्यपनि भारतको सिक्किम जानुभयो सिक्किम गएर पनि सानै देखी सङ्गीतमा रुची राख्नेभक्तराज आचार्यलाई सङ्गीतको मोहले छाडेको थिएन
अझ पछि आफ्नो आमाले पनि कामगर्न नसक्ने अवस्थाआएपछि परिवारको एक्लो छोरा भक्तराजले सानै उमेरमापारिवारिक जिम्मेवारी पनि सम्हाल्नु परेको थियो त्यसैले उहाँको बाल्यकालको समय त्यति सुखद रुपमा बित्न सकेन वेस्ट बंगालको डुवर्समा पनि भक्तराज आचार्यको बसाई त्यति सहज थिएन
सानै देखी सरस्वती पुजा लगायत अन्य कार्यक्रममा मौका पाउने बित्तिकै आफ्नो प्रतिभा देखाउन पछी नपर्ने भक्तराजकोबाल्यकाल युवा अवस्थाका केही क्षणहरु पनि त्यतै बिते भारत बसाईको क्रममा भक्तराजले ईलाहाबादबाट संगितसम्बन्धी औपचारिक शिक्षा पनि लिनु भएको थियो तर त्यती बेला सम्म भने उहाँको सांगितिक यात्राले त्यति फड्कोमारिसकेको थिएन सांगितिक ज्ञान भएर पनी कुनै गित रेकर्ड गर्नु भएको थिएन
सांगितिक यात्राको शुरुवात:
.सं. २०३० मा काठमाडौंमा भएकोअधिराज्यव्यापी राष्ट्रिय गित प्रतियोगितामा भाग लिए पछी भने उहाँकोसांगितिक जिवनले अग्रगती लिन थाल्यो त्यसबेला उहाले गाउनु भएको राष्ट्रिय गितहोसियार यसबखत समयकोमुखलाई चिन....” भन्ने गित बाट उहाँले 'गोल्ड मेडल' प्राप्त गर्नु भएको थियो त्यस गितमा उहाँले मात्र नभईरचनाकार तथा सङ्गीतकार अम्बर गुरुङले पनि 'गोल्ड मेडल' प्राप्त गर्नु भएको थियो यो गित नै उहाँले गाएको पहिलोगित थियो
त्यसपछि उहाँले रेडियो नेपालमा जागिर पाउनु भयो उहाँको स्वरमा पहिलो पटकमलाई जिवन चाहिन्छ....” बोलकोगित रेकर्ड भयो यो गित बाट शुरु भएको उहाँको सांगितिक यात्रा त्यति सहज भने रहेन त्यो बेलामा पनि उहाँकोआफ्नै शैली पहिचान थियो कतिले उहाँको प्रतिभा देखी डराएर उहाँलाई अरुको गित गाउने, गित गाउन नसक्नेसम्म भने तर उहाँको पछाडी भने उहाँको कला देखी डराउथें
वि.सं. २०३० देखी २०४६ साल सम्मको साँगितिक यात्रामा उहाँले करीब ४५० वटा गितहरु गाउनु भयो जुन गितहरु अझैपनी हाम्रा माझ अमर अजर भएर गुञ्जिरहेका छन यति मात्र होईन उहाँले गाउनु भएका यत्तिका गितहरु मध्ये२०-२५ वटा गितहरुमा बाहेक उहाँले आफ्नै कम्पोजिसनमा तयार पार्नु भएको
उहाँको प्रतिभा आँट देखेर डराउनेहरुले उहाँलाई अरुको गित गायो भनेर भनेपनि उहाँको पछाडी उहाँकै प्रशंशा गर्नेगर्दथे
त्यही कुरा बाट प्रभावित भएर उहाँले आफ्नो कम्पोजिसनमा धेरै गितहरु गाउउनु भएको उहाँका छोरा तथा गायकस्वरुपराज आचार्य भन्नुहुन्छ -“त्यती बेला रेडियो नेपालमा केही व्यक्तिहरुको हालिमुहाली भएकाले गर्दा पनि भक्तराजआचार्यले आफुलाई माथी उठाउन आफ्नो पहिचान बनाउन धेरै संघर्ष गर्नु परेको थियो, त्यो बेला रेडियो नेपालमा धेरैअस्वस्थ प्रतिष्पर्धा हुन्थ्यो मेरो बुबा आफ्नो प्रतिभा गायकिले गर्दानै यति माथी सम्म उठ्न सफल हुनुभएको हो तर यसको लागी उहाँले धरै दुख भोग्नु भयो यतिकि सायद अरु कुनै मानिस भएको भए उसले ति मानिसहरुको व्यावहारदेखी आजित भएर गित रेकर्डनै गर्ने थिएन
भक्तराज आचार्यको कालो समय:
समयको चक्र सँगै अगाडी बढिरहनु भएका भक्तराज आचार्यलाई २०४६ सालमा एउटा बज्रपात आईलाग्यो जुन घटनालेभक्तराज आचार्यलाई उहाँको परिवारलाई एउटा संकटमा धकेलिदियो निकै मेहनती आफ्नो कुरामा अडिग रहनेभक्तराज आचार्य माथी काठमाडौंको बौद्दमा सांघातिक हमला भयो जसको कारणले उहाँको टाउकोमा १०० वटा टाँकालगाउनु परेको थियो
त्यो हमला कसैको षडयन्त्र हो जस्तो लाग्छ उहाको प्रतिभा गायन देखी धेरै डराउँथे जसले उहामाथि सांघातिकहमला गरेका हुन सक्छन तर उहाँको त्यो चोट निको नहुदै उहाँलाई अर्को बज्रपात आईलाग्यो उहाँको जिब्रोमादेखिएको सानो खटिराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा उहाँको जिब्रो काट्नु पर्यो उहाँको सुरिलोस्वर हामीहरु माझ बाट टाढा भयो
अर्को अर्थमा भन्नु पर्दा नेपाली सांगितिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाज लाई गुमायो नेपाली सांगितिकक्षेत्रमा अपूरणिय क्षति भयो जुन क्षति सानो तपस्या लगावले पुरा गर्न सम्भव छैन कोही नगरोस.... प्रेम अमरप्रेमको मूल्य कहाँ .....” यो गित नै उहाँको लागी अन्तिम गीत थियो , नेपाली संगीत ईतिहासको

Comments

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)